
काठमाडौं, १८ पुस । चितवन जिल्लाबाट सरुवा गरिएका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले अन्तत: जिल्ला छाडेका छन् ।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियोे । तर, एसपी मल्लले अटेर गर्दै जिल्ला छाडेका थिएनन् ।
मंगलबार ३ नम्बर प्रदेश प्रहरी कार्यालयले चितवन जिल्ला प्रहरी कार्यालयलाई १२ घण्टाभित्र तोकिएको स्थानमा रवाना गर्न निर्देशन दिएको थियो ।
एसपी मल्लले शुक्रबार बिहान जिल्ला छाडेको चितवन प्रहरीले जनाएको छ । चितवनमा मल्लको ठाँउमा एसपी गंगा पन्तलाई सरुवा गरिएको छ ।











प्रतिक्रिया