बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

धनुषा बम बिष्फोटका मुख्य योजनाकार ‘विप्लव’का नेता पक्राउ

दैनिक नेपाल २०७६ पुष १८ गते १४:५३

काठमाडौं, १८ पुस ।  गत मसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका भएको बम बिष्फोटका मुख्य योजनाकार मानिएका विप्लव नेतृत्वका एक नेता पक्राउ परेका छन् ।

घटनाका मुख्य योजनाकार मानिएका आदम विप्लप नेतृत्व नेकपाका केन्द्रीय सदस्य राइनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि राइन फरार रहेका थिए । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

बम विष्फोटमा प्रहरी निरिक्षक अमिरकुमार दाहालसहित राजेश साह र आनन्द साह गरी ३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित