शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

हत्या प्रयास गरी फरार गुन्डा ‘राते’ पक्राउ

दैनिक नेपाल २०७६ पुष १८ गते १४:१९

काठमाडौं, १८ पुस । १८ चैत ०७५ मा काठमाडौंको ठमेलस्थित एलओडी क्ल अगाडि बिष्णु कठायतको हत्या प्रयास भएको थियो । कठायतको टाउकोमा रड हानेका थिए गुन्डाहरू रेम्बो भनिने अजय गुरुङ र राते भन्ने सुजन श्रेष्ठ ।

प्रहरीले उजुरीका आधारमा खोजी गरेको थियो । तर उनीहरू लामो समयदेखि फरार थिए । आक्रमण गर्ने मध्येका राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका नयाँबजार–१६ बस्ने श्रेष्ठलाई विहीबार राती पक्राउ गरेको हो ।

पक्राउ पछि थप अनुसन्धान र कारबाही प्रक्रिया बढाउन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्र लैनचौरमा पठाइएको महाशाखाले जनाएको छ । घटनामा संलग्न रहेका अर्का रेम्बो भन्नेको खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित