बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

एमसीसीबारे बोल्यो चीन– हित हेरेर सहयोग स्वीकार्नुपर्छ

दैनिक नेपाल २०७६ पुष १८ गते ११:२७

काठमाडौं, १८ पुस । नेकपामा नै विवादमा रहेको अमेरिकासँग एमसीसी सम्झौताबारे चीनले मुख खोलेको छ । उसले नेपालले यस विषयमा स्वतन्त्र निर्णय गर्नुपर्ने धारणा राखेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत चीनको धारणा सार्वजनिक गरेकी हुन् । ‘नेपालले आफ्नो आर्थिक उन्नतीका लागि हित हेरेर विश्व समुदायको सहयोग स्वीकार गर्नुपर्छ । चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन’, यान्कीले भनिन् ।

उनले कसैको दबाबमा नेपालले सम्झौता गर्ने या नगर्ने भन्ने नहुने पनि बताइन् । ‘यो नेपाल सरकारको स्वतन्त्र निर्णयमा भर पर्छ’, उनले भनिन् ।

नेपालमा पर्यटक भिसामा पक्राउ गरिएका चिनियाँ हिरासतमा रहेको जानकारी दिँदै यान्कीले भनिन्,‘उनीहरू नेपाल प्रहरीको हिरासतमा नै छन् ।’

प्रतिक्रिया
सम्बन्धित