बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

काँग्रेस सांसद साहमाथि पक्राउ पूर्जी जारी

दैनिक नेपाल २०७६ पुष १८ गते ११:०७

कपिलवस्तु,  १८ पुस । सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा साहमाथी जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

मुद्धा दर्तासँगै प्रहरीले अदालत समक्ष जानकारी गराएको र अदालतकै आदेशमा पक्राउ पूर्जी जारी गरिएको हो ।

साह नेपाली काँग्रेसका तर्फबाट सांसद रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित