मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

छोराछोरीसँग पोखरामा पारसले मनाए जन्मदिन, हिमानी गइनन्

दैनिक नेपाल २०७६ पुष १७ गते १२:३४

काठमाडौं, १७ पुस । युट्युवर सोनिका रोकायासँगको सम्बन्धका कारण विवादमा आइरहेका पूर्वयुवराज पारस शाहले पोखरामा छोराछोरीका साथमा ४९ औं जन्मदिन मनाएका छन् ।

किंग्स लङमा उनले छोरीहरू पूर्णिका, कृतिका र छोरा हृदयेन्द्र शाहसँग जन्मदिन मनाएका हुन् । उनको जन्मोत्सवका अवसरमा भने पत्नी हिमानी उपस्थित थिइनन् ।

पारस र हिमानीको सम्बन्धमा खटपट रहेका कारण उनी नगएको बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल भने पूर्वको झापा जिल्लाको भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित