बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

‘विप्लव’ कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

दैनिक नेपाल २०७६ पुष १७ गते ११:५२

काठमाडाैं, १७ पुस ।  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा बुधबार गोली हानाहान भएको हो । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली चलापछि प्रहरीले जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ ।

गाली हानाहानपछि विप्लवका कार्यकता भागेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित