शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

१२ घण्टाभित्र एसपी मल्ललाई सरुवा गरिएको स्थानमा पठाउन प्रदेश प्रहरी कार्यालयको पत्र

दैनिक नेपाल २०७६ पुष १७ गते ११:३७

काठमाडाैं, १७ पुस ।  सरुवा गरेको स्थानमा जान अटेर गरेको भन्दै ३ नम्बर प्रदेश प्रहरी कार्यालयले चितवनका एसपी दान बहादुर मल्ललाई तोकिएको दरबन्दीमा रवाना गर्न चितवन प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

३ नम्बर प्रदेश प्रहरीले मंगलबार जारी गरेको निर्देशनमा एसपी मल्ललाई १२ घण्टाभित्र तोकिएको स्थानमा पठाउन निर्देशन दिएको हो । एसपी मल्ललाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई तोकिएको स्थानमा रवाना भई त्यसको जानकारी ३ नम्बर प्रदेश पहरी कार्यालयलाई समेत गराउन निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्लसहित २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा निकालेको थियो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमास्थलमा सरुवा भएका एसपीले सरुवाको अटेर गर्दै आएका थिए । उनको स्थानमा एसपी गंगा पन्तलाई लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित