बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पौडेल पक्षले बहिष्कार गर्ने

दैनिक नेपाल २०७६ पुष १७ गते १०:४६

काठमाडाैं, १७ पुस ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । पछिल्लो समय कांग्रेसमा देउवा पक्ष र पौडेल पक्षबीच कुरा नमिल्दा कांग्रेसको विवाद सतहमा आएको छ ।

देउवा पक्षले बारम्बार बोलाएको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गर्र्दै आएको छ । आजको बैठक पनि पौडेल पक्षले बहिष्कार गर्ने बताइएको छ । आजको केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा बैठकबारे छलफल हुने बताइएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएपछि केन्द्रीय समितिको बैठक पटक–पटक सर्दै आएको छ । देउवा पक्षले पार्टीलाई मनोमानी रुपमा चलाएको भन्दै पौडेल पक्ष रुष्ट बन्दै आएको छ । संस्थापन पक्षले पार्टीको महाधिवेशनको मिति र विभागहरु एकलौटी रुपमा गठन गरेपछि पौडेल पक्ष झनै चिडिएको छ ।

पौडेल पक्षले आफुहरुसँग कुनै सल्लाह नै नगरि महाधिवेशनको मिति तोकेको भन्दै नसच्याएसम्म केन्द्रीय समिति बैठकमा नजाने अडान लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित