मुम्बई । बलिउड अभिनेता अक्षय कुमार, करीना कपूर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ ।
फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो । दोस्रो दिन अर्थात् शनिबार गुड न्यूजले जबर्जस्ती कलेक्सन गरेको छ । अक्षय कुमारको फिल्मले कमाईको मामलामा सलमान खानको ‘दबंग थ्री’लाई कडा टक्कर दिनुका साथै पछि पारेको छ ।
बक्स अफिस इन्डिया डट कम वेबसाइटका अनुसार अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिन २१ देखि २२ करोड भारुको दमदार कमाई गर्यो ।
फिल्मले दुई दिनमा नै ४० करोड भारुको आँकडा पार गरेको छ । फिल्मको कमाई हेर्दा यसले चाँडै नै सय करोड भारुको आँकडा पनि पार गर्ने अनुमान धेरैले गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस