बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

नागढुङ्गाबाट पाँच किलो चरेससहित खत्री पक्राउ

दैनिक नेपाल २०७६ पुष १७ गते ८:५६

काठमाडौं, १७ पुस । काठमाडौंको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ५३७१ नम्बरको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो ।

खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नागढुङ्गा विभिन्न जिल्लाबाट लागुऔषध भित्र्याउने मुख्य नाकाका रूपमा चिनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित