बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

जम्मु कश्मीरमा भारतीय सेनामा कार्यरत नेपाली नागरिककाे मृत्यु

दैनिक नेपाल २०७६ पुष १७ गते ७:००

काठमाडाैं, १७ पुस । भारतको जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापा मगर मारिएका छन् ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको जनाइएको छ ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दद्वारा बुधबार जारी विज्ञप्ति अनुसार मगर गोरखा जिल्लाको रिप गाउँका हुन् । हतियारधारी आतंककारीलाई जवाफी फायरिङ गर्ने क्रममा घाइते भएका थापाको निधन भएको आनन्दले बताएका छन्।

थापाले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित