
काठमाडौं, १६ पुस । ललितपुरको सातदोबाटोमा एउटा स्मार्ट (सवारी चालक अनुमतिपत्र) लाइसेन्समा शंका लागेपछि प्रहरीले ट्राफिक प्रहरी महाशाखामा पठायो ।
उक्त स्मार्ट लाइसेन्स नक्कली भएको प्रमाणित भएपछि प्रहरीले यसको गिरोहको खोजबिन गरिरहेको छ ।
सो क्रममा ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । काठमाडौंको न्युरोडस्थित फोटो कन्सर्नका ४सहित ६ जना नियन्त्रणमा लिइएको छ ।
प्रहरीले उक्त गिरोहमाथिको अप्रेशनलाई अझ तिव्रता दिएको बताइएको छ । लाइसेन्सको नक्कली धन्दा भएपछि स्मार्ट लाइसेन्स बनाउँदै दिन थालिएको थियो ।











प्रतिक्रिया