![]()
काठमाडौं, १६ पुस । काठमाडौंका डान्सबारका काम हुन् युवतीलाई अर्धनग्न बनाएर नचाउने र ग्राहकलाई भारी बिल उठाउने । डान्सबारमा सेक्सी नाच हेर्न छिरेका एक जना भारतीय लुटिएका छन् ।
मंगलबार राती हात्तीसारस्थित फोकस डान्सबारमा भारत उत्तराखण्ड घर भएका गणेश सिंह बगडवालसहित ७ जनाको साथबाट करिब ९० हजार रुपैयाँ नै लुटियो ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा डान्सबारमा कार्यरत चार जनालाई पक्राउ गरेको छ । नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मगराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई प्रहरीको नियन्त्रणमा परेका छन् ।
डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हजार ९ सय २० नेपाली रुपैयाँ प्रहरीले अनुसन्धानका लागि जफत गरेको छ ।











प्रतिक्रिया