१० मंसिर २०८३, बिहिबार

महर्जनको मिटरब्याजले थला परे पीडित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । ललितपुरको इमाडोलका सुरेश महर्जनको मिटरब्याजका कारण केही व्यापारी रुनु न हास्नुको अवस्थामा पुगेको गुनासो गर्न थालेका छन् ।

केही प्रहरीसँगको सम्बन्धका कारण महर्जनले धेरैको घरबार नै छाड्नुपर्ने अवस्थामा पुर्याएको विवरण सतहमा आएका छन् ।

टेकुका व्यापारी केशव तन्डुकार, बुढानिलकण्ठका कपिल भण्डारी, ललितपुरका नारायण महर्जन, भिम सापकोटा देवेन श्रेष्ठलगायत महर्जनको मिटरब्याजका कारण थला पर्न लागेको चर्चा चलेको छ ।

मिटर ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने काममा महर्जन सक्रिय रहेको आरोप लागेको हो । एक जनालाई दिएको पैसाको महर्जनले घर परिवार सबैलाई भिन्ना भिन्नै कागज गराउने र पटक–पटक गरेर मुद्दा हाल्ने काम गरेको आरोप लागेको हो ।

उनले ललितपुर जिल्ला अदालतमा मात्र २० करोड भन्दा बढीको लेनदेन र बैदेशिक रोजगारीको मुद्दा दर्ता गराएका छन् । उनको यो पैसा स्रोतको खोजी हुनुपर्ने बताइएको छ ।

महर्जनअघि महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठलाई मिटरब्याजका ‘किङ’ भनिन्थ्यो । अहिले उनीहरूको यो कामको चर्चा हुन छाडेको छ ।