
काठमाडौं, १६ पुस । दशरथ रंगशालामा बुधबार भ्रमण बर्ष २०२० को भव्य उद्घाटनको तयारी गरिएको छ ।
सरकारले भिजिट नेपाल २०२० मा २० लाख विदेशी पाहुना नेपाल भित्राउने लक्ष्य राखेको छ ।
र्याली निकालेर भ्रमण बर्षमा पर्यटकलाई आउन अपिल गरिनेछ । विभिन्न क्षेत्रबाट र्याली निस्कने हुँदा केही घन्टा सवारी साधन अबरोध हुन सक्नेछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ठमेलबाट र्यालि निस्केर रंगशालासम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरेको छ ।
उद्घाटनका क्रममा नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुनेछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ । राष्ट्रगान सकिएलगत्तै बाजा सहित रंगशालामा भिजिट नेपाल २०२०को मानव साङ्लो बनाउने कार्यक्रममा उल्लेख छ ।
कुटुम्बको संगीतमा विभिन्न संघ संस्थाले परेड गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्नेछिन् भने प्रधानमन्त्रीले उद्घाटन मन्तव्य राख्नेछन् ।











प्रतिक्रिया