१० मंसिर २०८३, बिहिबार

यौन सम्बन्ध मामिलाको विषयमा प्रहरी र सशस्त्रमा पनि सेनाकै ‘नजीर’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । सैनिक विशेष अदालतको एउटा फैसलालाई सर्वोच्च अदालतले सदर गर्दै नजीर स्थापित गरेपछि अब नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीबीच सहमतिमा भएको यौन सम्बन्धको व्याख्या उस्तै हुने भएको छ ।

सर्वोच्च अदालतले सोमाबार ‘चेन अफ कमाण्ड’ को पदीय क्रममा रहेका व्यक्तिहरुबीच हुने यौन सम्बन्ध सहमतिमा भए पनि यौन शोषण मानिने ठहर गरेको थियो ।

असमान पदमा रहेका तर सहमतिमा नै शारिरीक सम्बन्ध स्थापित भए पनि फौजी संगठनमा त्यो यौन शोषण हुने उल्लेख छ ।

सहसेनानी भुपेन्द्र खड्का र कुचिकार छविसरा सुनुवारबीच भएको शारीरिक सम्बन्धलाई करणीकै रुपमा लिनुपर्ने भन्दै सैनिक विशेष अदालतले गरेको फैसला सदर भएको थियो । यसको प्रभाव नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नजीरका रुपमा लागू हुनेछ ।

न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला सुनाउँदै नजीर स्थापित गरेको थियो । यसलाई जबरजस्ती करणीभन्दा फरक हिसाबको नजीरका रुपमा लिनुपर्ने बरिष्ठ कानुनविद्ले बताएका छन् ।

‘सेनाभित्रका अनेक प्रकारका विषयमा उसको अदालतले नै निर्णय लिने गरेको छ । त्यो विशेष मान्न सकिन्थ्यो’, एक कानुनकर्मी भन्छन्,‘त्यहाँको फैसला सदर गर्दै सर्वोच्चले चेन अफ कमाण्ड भएका संगठन भनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि यसै पर्ने भयो ।’