१० मंसिर २०८३, बिहिबार

उखु किसानकाे पैसा नतिरी फरार चिनी मिल सञ्चालकलाई पक्रन गृहको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ पुस ।  उखु किसानको मुल्य नदिएर फरार भएका चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

विगत ११ दिनदेखि उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने माग लिएर किसान काठमाण्डौँमा आन्दोलनरत छन्।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी पक्राउ गर्न आदेश दिएको हो ।

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्ड एग्रो ईं प्रालि र श्री अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रालिका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न मंगलबार प्रहरीलाई पत्र काटेको हो।