१० मंसिर २०८३, बिहिबार

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ पुस ।  प्रहरीले आफ्नै २२ वर्षीय छोरीलाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक मन्डन्देउपुर–१० का ४० वर्षिय गणेश तामाङ छन् ।

पीडितले दिएको जाहेरीको आधारमा तामाङलाई पक्राउ गरिएको हो । नयाँ बसपार्क बस्दै आएका तामाङ मजदुरी काम गदै आएका छन् ।

उनीमाथि आवश्यक कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ ।