
काठमाडौँ,१४ पुस । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालका लागि भएकाले शंका नगर्न आग्रह गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयले यसअघि व्यक्त गरेको धारणा नै आधिकारिक भएको उनले बताए । साथै एमसिसी इन्डो प्यासिफिक रणनीतिक योजनाको अंग नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ ।
एमसीसीबारे बहस र छलफल हुनु स्वाभाविक भएपनि यथार्थ बुझेर गर्न पार्टीभित्र र बाहिरका सबैसँग उनको आग्रह थियो । उनले एमसीसी संसदमा जाने र पारित गरिनेमा ढुक्क हुन आग्रह गरे ।
नेकपाभित्र कै केही नेताले मिलेनियम च्यालेञ्ज करर्पोरेशन इण्डो प्यासिफिक रणनीति अन्तर्गत रहेको जिकिर गर्दै यस्तो सहयोग लिइए मुलुकको सार्वभौमसत्ता र असंलग्न नीतिमै असर पर्ने भन्दै पुनर्विचार गर्नुपर्ने बताउँदै आएका बेला मन्त्री ज्ञवालीले विषय प्रष्ट्याएका हुन् ।











प्रतिक्रिया