
काठमाडाैं, १४ पुस । नेपाल बैँक डिल्लीबजारका पूर्वशाखा प्रवन्धक भुपराज कोइराला पक्राउ परेका छन् ।
कोइरालाले पदमा रहँदा पदको दुरुपयोग गरेको आरोप कोइरालामाथि लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कोइरालामाथि अनुसन्धान गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम जिल्ला अदालत, पाटनबाट ७ दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया