१० मंसिर २०८३, बिहिबार

ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १४ पुस ।  रंगेली-विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ को कर्सिया बजारमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी मृत्यु भएको हो ।

ट्र्याक्टर ठक्करबाट गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा विराटनगर कोशी अस्पतालमा मृत्यु भएको हो ।

ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।