काठमाडाैं, १२ पुस । काठमाडाैंको तापक्रम शून्यतर्फ ओरालो लाग्न थालेको छ ।
शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।
गएकाे बिहीबार काठमाडाैंको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरि नै चिसो हुने मौसमविद्ले बताएका छन् ।











प्रतिक्रिया