
काठमाडौँ, ११ पुस । रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेकोे ना१ज ३४३३ नम्बरको टाटासुमो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ ओखलडाँडाको ‘सिस्नेरी–काठमाडौं’ सडकखण्डमा सुमो दुर्घटना भएको हो।
दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ। थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया