१० मंसिर २०८३, बिहिबार

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ११ पुस । पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । अपरान्ह १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ ।

संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक विवादका कारण पटक पटक स्थगित हुादै आएको कांग्रेस केन्द्रीय समितिको बैठक आज शुक्रबारका लागि बोलाइएको हो । विभाग गठन, नेविसंघलगायतमा भागवण्डा नमिल्दा हिजोका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको हो ।

१४ औं महाधिवेशनको कार्यतालिकलाई प्रमुख एजेन्डा बनाएर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पछिल्लो समय विभाग गठन र भ्रातृ संस्थाको विषयमा पनि प्याकेजमा सहमति गर्नुपर्ने अडान राखेपछि संस्थापन पक्ष दबाबमा परेको छ ।

सहमति जुट्न नसकेपछि केन्द्रीय ९ वटा एजेण्डाका अधिकांश बुादामा असहमति जनाउादै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आएको छ । सहमति नभए आजको बैठक पनि वरिष्ठ नेता पौडेल पक्षले बहिष्कार गर्ने बताएको छ ।

सभापति देउवाले आफुखुशी विभाग गठन, भातृ संस्थाको नेतृत्व लिन खोजेको भन्दै अन्य नेतादले महाधिवेशन कार्ययोजना माग गर्दै आएका छन । केही विषयमा सहमति भएपनि विभाग गठन, नेविसंघको भागवण्डा लगायतका दुबै समूहविच कुरा मिल्न सकेको छैन ।

मंसिर २६ गतेदेखि बसेको केन्द्रीय समिति बैठक पौडेल समूहले बहिष्कार गरेपछि सभापति शेरबहादुर देउवाले सहमतिका लागि भन्दै चार पटक स्थगन गरिसकेका छन् ।