१० मंसिर २०८३, बिहिबार

फोहोर बोकेर सिसडोल हिँडेको टिपर तारकेश्वरमा दुर्घटना, दुईको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस ।  काठमाण्डौँ तारकेश्वर नगरपालिका जितपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

फोहोर ढुवानी गर्ने ना २ क ३३८ नम्बरको टिपर दुर्घटना हुँदा चालक माइला तामाङ र सहचालक कमल तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

नुवाकोटको सिसडोलमा फोहोर लिएर हिँडेको टिपर सडकबाट करिब ७० मिटर तल बारीमा पल्टेको छ ।

अत्यधिक गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।