१० मंसिर २०८३, बिहिबार

गुल्मीमा भैंसी करणी : अघिल्लो बर्ष २५ हजार जरिवाना, अहिले हत्याको अभियोग

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । गुल्मी चन्द्रकोट–७ का ७२ बर्षिय देवीराम भण्डारीको हत्याको अनुसन्धान अचम्मको कारणसँग जोडिएको छ । ्

अभियुक्तले भैंसीको करणी गर्दा भण्डारीले पिटेपछि उनको हत्या गरिएको प्रहरीलाई बयान दिएका छन् ।

५ पुसमा भण्डारीको हत्या भएको थियो । भण्डारीको थारो भैंसीलाई ति युवकले करणी गरेको देखेपछि पिटेका थिए । बदलामा ति युवकले सिलौटा र लौरोले कुटेर भण्डारीको हत्या गरिदिए !

अचम्मको कुरा त, ति युवाले तिनै भण्डारीको भैंसीलाई अघिल्लो बर्ष पनि करणी गरेका थिए । सो विषयमा उनलाई समाजमा राखेर २५ हजार रुपैंया जरिवाना गरिएको थियो ।

भैँसी दुहुनका लागि गोठमा जाँदा उनले थारो भैँसीलाई करणी गरेको देखेपछि भण्डारीले युवालाई एक थप्पड हानेका थिए ।

सोही क्रममा प्रहरीले भैँसी करणीमा संलग्न चन्द्रकोट गाउँपालिका–८, तुराङ्गका २० वर्षीय युवकलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा रहेका कारण युवाको नाम सार्वजनिक गरिएको छैन ।