१० मंसिर २०८३, बिहिबार

ट्रस्टको सिफारिसमा गोकर्ण फरेष्टको समय थप गरिएको हो : उपप्रधान तथा रक्षामन्त्री पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० पुस । रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण रिसोर्टको लिज अवधी बढाइएको स्विकार गरेका छन् ।

गोकर्ण फरेस्ट रिसोर्टको पुरानो सम्झौता अवधि सकिनुभन्दा साढे ५ वर्षमा सबा ४ करोडभन्दा बढी भाडा आउने गरी लिज अवधि बढाइएको सरकारले स्वीकार गरेको हाे ।

नेपाल ट्रस्टको सिफारिसमा गोकर्ण फरेष्टको समय २५ वर्ष थप गरेको पोखरेलले बताएका छन्।

राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै ट्रष्ट सञ्चालक अध्यक्ष समेत रहेका पोखरेलले बताएका हुन्। यती होल्डिङ्सले २९ करोड लगानीमा ४८ वटा सुविधा सम्पन्न रुम सहितको ४ सय जना अट्ने सभा हल बन्ने निश्चित गरेपछि समय थप भएको उनको भनाइ छ।

बाँकी रहेको साढे ५ वर्षमा ३७ लाल डलर आउने छ। यो रकम नेपालीमा ४ करोड ३१ लाख ८३ हजार भन्दा बढी हुन्छ।

थप भएको २५ वर्षको अवधिमा भने १ अर्ब १५ करोड १० लाख २ हजार १ सय ७० रुपैयाा भाडामा आउने छ।

अप्रत्यक्ष रुपमा भने ३ अर्ब ९ करोड आउने गरी समय थप भएको उनको भनाइ छ। पोखरेलले नेपाल ट्रस्टको कार्यालय मातहतमा रहेको सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने पनि बताएका छन् ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले ट्रस्टको सम्पत्तिको यथार्थ अवस्थासहित श्वेतपत्र जारी गरिने बताएका हुन् ।