
काठमाडाैं, १० पुस । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल उपचाररत श्रेष्ठको बिहीबार बिहान सात बजेर ५५ मिनेटमा निधन भएको हो।
एक्कासी सेप्सिस भएपछि उपचाररत रहेको अवस्थामा निधन भएको हो।
उनको स्वास्थ बिग्रँदै गएपछि थप उपचारका लागि बुधबार शिक्षण अस्पताल लगिएको थियो।
श्रेष्ठलाई रुघाखोकी र निमोनियाका साथ सेप्सिस भएको बताइएको छ।











प्रतिक्रिया