१० मंसिर २०८३, बिहिबार

काठमाडाैं उपत्यकाकाे तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० पुस । काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँको तापक्रम बिहीबार झन् घटेको छ ।

उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

बुधबारभन्दा झण्डै २ डिग्री सेल्सियस घटेर काठमाडाैंकाे बिहीबारकाे तापक्रम यो वर्षको अहिलेसम्मकै कम अर्थात् शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

बिहान ६ बजे काठमाडाैंकाे तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहीबार बिहान डडेलधुराको तापक्रम २ डिग्री, विरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

गएको २४ घण्टामा जोमसोमको तापक्रम माइनस ३ दशमलव ५ र जीरीको माइनस ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।