
काठमाडौं, ९ पुस । यातायात व्यवस्था विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सडक लेन क्रस गरेमात्रै पनि ५ हजारसम्मको जरिवाना गर्नुपर्ने प्रस्ताव गरेको छ ।
मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्न लागिएको छ । हाल जरिवाना कम भएका कारण ट्राफिक व्यवस्थानमा सर्वसाधारणले समेत बेवास्ता गरेको विभागको बुझाई छ ।
ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ । छलफलपछि निस्किएको निचोडसहित ऐनको प्रस्ताव भौतिक निर्माण तथा यातायात मन्त्रालयमा पेस गरिनेछ ।
अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ ।











प्रतिक्रिया