काठमाडौं, ९ पुस । काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ ।
काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बिहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मन्जु बासीले देशका अधिकासं स्थानमा आज कम तापक्रम मापन भएको बताइन् । उनका अनुसार मौसमी प्रणालीका कारण चिसो बढेको हो ।
महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मध्य, प२र्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ ।
बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुनेछ ।











प्रतिक्रिया