१० मंसिर २०८३, बिहिबार

सभामुखमा नेम्वाङ अगाडि, दाहालले अडान छाडे

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई दोहोर्‍याउने भएको छ ।

पूर्वमाओवादीले सभामुख पदमा दाबी छाडेपछि नेम्वाङलाई सभामुख बनाउन प्रधानमन्त्री केपी ओलीले आगाडि बढेको स्रोतले जनाएको छ । नेम्वाङले पाँचौ पटक सभामुख बन्न लागेको चर्चा संसद सचिवालयमा भएको छ ।

नेम्वाङ ०६३ सालमा पुनःस्थापित संसद, रुपान्तरिक संसद, ०६४ सालमा भएको पहिलो संविधानसभा र ०७० मा भएको दोस्रो संविधान सभामा सभामुख भइसकेका छन् ।

कृष्णबहादुर महरा यौनकाण्डमा परेर कारागार चलान भएपछि सभामुख पद रिक्त छ । सभामुख पद माओवादीले नै पाउनुपर्ने अडान रहेपनि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेम्वाङलाई सभामुख बनाउन लचक भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन रुचि देखाउँदै आएका छन् । नेम्वाङले पनि आफू निकटका पत्रकारहरूसँग अनौपचारिक भेटमा सभामुख पदमा रुचि देखाएका थिए ।

पूर्वमाओवादीबाट अग्नि सापकोटाले सभामुख पदमा दाबी गर्दै आएका छन् ।