४ कार्तिक २०८३, बुधबार

आन्दोलनका कारण भारतमा फिल्मको व्यापार घट्यो, दबङ-३ लाई धेरै असर परेन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । बलिउड फिल्म ‘दबंग-३’ले तीन दिनम ८१.१५ करोड रुपियाँ कमाइ गरेको छ ।

सलमान खान र किच्चा सुदीप अभिनित ‘दबंग ३’ ले तीन दिनमा (भारु) ८१.१५ करोड रुपियाँ संकलन गरेको हो । पहिलो दिनमा २४.५० करोड र दोस्रो दिनमा २४.७५ करोड कमाएपछि फिल्मले तेस्रो दिन ३१.९० करोडको कारोबार गरेको छ ।

भारतमा देशभरि नागरिकता संशोधन ऐन र एनआरसीको विरोधको कारण भारतीय फिल्मले घाटा व्यहोरिरहेको छ । ट्रेड एनालिस्ट तरन आर्दशको ट्वीट अनुसार आन्दोलनका कारण एक सातामा फिल्मले १२ करोड घाटा दिएको छ ।