
धनुषा, ७ पुस । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ को शुक्रबारे बजार नजिकै शंकास्पद वस्तु फेला परेको छ ।
बिहानै बीच सडकमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत ठप्प पारेको छ ।
शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।











प्रतिक्रिया