१० मंसिर २०८३, बिहिबार

इटहरी प्रहरीले हराएका, चोरी भएका मोबाइल सम्बन्धितलाई बुझायो

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ६ पुस । हराएका र चोरी भएका ५२ वटा विभिन्न कम्पनीका मोबाइल सेट फेला पारेको इलाका प्रहरी कार्यालय इटहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

सबैको बजार मुल्य जोड्दा नौ लाख ५२ हजार ८ सय ९० हुन्छ । सामसुङ, भिभो, लाभा, एमआई, आईफोनलगायतका मोबाइल सम्बन्धित धनीलाई इप्रका इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीले बितरण गरेका थिए ।

इप्रकामा वैशाखमा सीडिआर शाखा स्थापना भएपछि १९५ वटा यस्ता मोबाइल सम्बन्धितलाई बुझाइएको छ । हालसम्म करिब ४७ लाख ५२ हजार ८ सय ९० रुपैंया बराबरका मोबाइल प्रहरीले फेला पारेको थियो ।

यसक्रममा मोवाइल चोरी गर्ने ८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको इप्रका इटहरीले जनाएको छ ।