मुम्बइ । ‘दबंग ३’को शीर्ष गीतका केही दृश्यले हिन्दु धर्मको भावना ठेस पुर्याएको भन्दै आपत्ति प्रकट भएपछि निर्माण पक्षले स्वेक्षिकरूपमा गीतबाट ती दृश्यहरू हटाएको छ ।
गीतको एक दृश्यमा साधुको भेषमा कलाकारहरूलाई नाच्दै गरेको देखाइएपछि ती समूहहरूले आपत्ति जनाएका थिए ।
सलमानको आधिकारिक ट्विटरबाट गीतबाट ती दृश्यहरू हटाइएको जानकारी दिइएको छ ।
गीत रिलिज भएपछि नोभेम्बर २९ मा महाराष्ट्र र छत्तिसगढमा रहेको ‘हिन्दु जनजागृति समिति’ नामक संगठनले भारतीय सेन्सर बोर्डलाई एक पत्र लेख्दै ती दृश्यले धार्मिक भावनामा ठेस पुर्याउने भएकाले हटाइनुपर्ने माग राखेका थिए ।















प्रतिक्रिया