१० मंसिर २०८३, बिहिबार

डिआईजी पाठक भए प्रहरी अस्पतालको निमित्त प्रमुख

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाल प्रहरीको अस्पतालको निमित्त प्रमुख (मेडिकल डाइरेक्टर)को जिम्मेवारी डिआईजी डाक्टर मिनराज पाठकले पाएका छन् ।

अस्पतालको एआईजी पद शुक्रबारदेखि रिक्त भएको थियो ।  अस्पतालकि एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि विदाई गरियो । शुक्रबारदेखि नै पाठकले निमित्र प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

सरकारले वरिष्ठतामा अगाडि रहेका बालरोग विशेषज्ञ डा. पाठकलाई नै एआईजीमा बढुवा गरेर अस्पतालको मेडिकल डाइरेक्टरको पूर्ण जिम्मेवारी दिनेछ ।

मेडिकल डाइरेक्टर (एआईजी) नियुक्त भए डा. पाठकले करिब चार बर्ष नेपाल प्रहरी अस्पतालको नेतृत्व सम्हाल्नेछन् ।