काठमाडौं । नेपाली कांग्रेसभित्र भागबण्डाका कारण केन्द्रीय कार्यसमितिको बैठक असन्तुष्ट समूहले बहिस्कार गर्दै आएको छ ।
आफूलाई लोकतान्त्रिक दल ठान्ने नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बहिस्कारको संस्कृति भित्र्याएका छन् । बैठकमा बसेर असन्तुष्टिका कुराहरू राख्नुपर्ने नेपाली कांग्रेसका नेताहरू बहिस्कारमा उत्रिएपछि कार्यकर्ताहरू रिसाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिका साथ पार्टीलाई चलाउन लामो समय प्रतिक्षा गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई असहयोग गरेर सधैँ समस्या बनाएको आरोप देउवा समूहको भनाइ छ ।
पौडेल समूहले संस्थापनबाट सधै पेलेर लैजान खोजेको आरोप लगाएको छ ।
१३औँ महाधिवेशनमा वरिष्ठ नेता पौडेलले भागबण्डाको राजनीतिलाई अन्त्य गर्ने बताएका थिए । तर, अहिले आएर पौडेलले ६०–४० को भाग खोजेर देउवालाई आच्छु आच्छु बनाएका छन् । त्यति मात्रै होइन पौडेल समूहले बैठक बहिस्कार गरेर हैरान बनाएका छन् ।











प्रतिक्रिया