१० मंसिर २०८३, बिहिबार

हुम्लामा शनिबार बिहानैदेखि हिमपात

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ५ पुस । हुम्ला जिल्लामा तेस्रो पटक हिमपात भएको छ ।

शुक्रबार दिनभरि बादल लागे पनि शनिबार बिहानबाट हिमपात शुरु भएको हाे ।

शनिबार बिहान चार बजेदेखि मसिनो हिमपात हुँदा जमिन सेताम्मे भएको छ । यस अघिकै हिँउ नपग्लेको अवस्थामा फेरि हिँउ पर्न शुरु भएको छ ।

हिमपात भइरहँदा चिसो अत्याधिक बढेको छ । हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हवाई सेवा समेत प्रभावित बनेको छ ।