१० मंसिर २०८३, बिहिबार

प्रचण्डपत्नी सीताको आयुर्वेदिक उपचार बाबा रामदेवले गर्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको उपचार भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा सुरु गरिएको छ ।

तस्बिर : गंगा दाहालको फेसबुक वालबाट

केही बर्षदेखि बिरामी रहेकी दाहालको केही महिनाअघि अमेरिका र त्यसअघि सिंगापुरमा पनि उपचार गरिएको थियो । हरिद्वार पुगी आयुर्वेदिक उपचार गराइएको जानकारी प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमार्फत दिएकी छन् ।

सीताको उपचारका लागि गंगासहित नेकपा नेता मात्रीका यादवको परिवार पनि पुगेको छ ।