१० मंसिर २०८३, बिहिबार

कांग्रेस बैठक स्थगित, अब पुस १० गते बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित् बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ ।

पार्टीको १४औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृसंस्था, अन्य सांगठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले शुक्रबारको बैठक स्थगन गरिएको हो ।

पछिल्लो समय पार्टीको १४औं महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।

गत मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो । रासस