१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री–प्रचण्ड आधा घन्टा भेट, संसदीय दलको बैठक हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ४ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार विहान बालुवाटारमा भेटवार्ता भएको छ ।

आधा घन्टा भएको भेटमा प्रतिनिधि सभाको हिउँदे अधिवेशनका विषयमा कुराकानी भएको थियो । त्यसअघि हुने संसदीय दलको बैठकका एजेन्डा नयाँ सभामुखका सन्दर्भमा पनि कुराकानी भएको थियो ।

भेटका क्रममा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । संसदीय दलको बैठकका लागि केही एजेन्डा तय भएको उनले जानकारी दिए ।