१० मंसिर २०८३, बिहिबार

ललितपुर निवासी प्रहरीका भगाैडा सिलवाल पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । दश वर्ष अगाडि तालिमका लागि सशस्त्र प्रहरी बलबाट अमेरिका गएकाबेला उतै भागेका नायव निरीक्षक उमेश सिलवाललाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ ।

भगोडा भएको पुष्टि गर्दै सिलवाललाई सशस्त्र प्रहरी विशेष अदालतले २०७५ भदौ ३१ गते तीन वर्षको कैद सजाय सुनाएको थियो ।

सजाएको फैसलापछि लुकिछुपि बस्दै आएका सिलवाललाई एपीएफ टोलीले ललितपरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनलाई आइतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।

ललिपुर जिल्लाकाे गोदावरी ३ घर भएका सिलवाल अमेरिकामा संचालन भएको ‘भिआईपी प्रोटेक्सन ट्रेनिङ’ मा गएको बेला तालिमपछि उतै भागेका थिए ।

उक्त तालिम १० वर्ष अघि २०६७ फगुन ३० देखि चैत्र १८ सम्म् चलेको थियो । तालिम समापन भएको तेस्रो दिन चैत्र २० गते नेपाल फर्कने क्रममा अमेरिकाको एयरपोर्टबाटै सिलवाल भागेका थिए ।