
गाईघाट, ३ पुस । उदयपुरगढी गाउँपालिका–३ जरुवामा भारतीय एसके ०१ पीबी ३०६८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
उदयपुरगढी–३ का ६१ वर्षीय टिककनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।
घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।











प्रतिक्रिया