
काठमाडौं, १ पुस । उपनिर्वाचनमा कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा नेत्री विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन् ।
अब उनले औपचारिक रुपमा संसदमा रही नीतिनिर्माणका लागि काम गर्नेछिन् । शपथपछि दिवंगत नेकपा नेता रवीन्द्र अधिकारीपत्नी भट्टराईले भनिन्,‘म तीन बर्षका लागि निर्वाचित भएकी हुँ । अब नीति निर्माण गर्ने काममा सहभागी हुनेछु ।’
उनले आफ्नो विवेकले सकेसम्मको सहयोग र सहकार्य गरेर अगाडि बढ्ने पनि बताइन् ।
प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई शपथ गराएकी थिइन् ।











प्रतिक्रिया