काठमाडौं, १ पुस । आफ्नो तीन वर्षे कार्यकाल पूरा भएसँगै नेपालका लागि भारतीय राजदूत स्वदेश फर्किने तयारीमा रहेका छन् ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरीको तीनवर्षे कार्यकाल पूरा भए पनि उनी पुस १५ गते मात्रै स्वदेश फर्किने छन् ।
उनको बिदाईमा भारतीय दूतावासले मंगलबार विशेष कार्यक्रम गर्दैछ ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् । राजदूत पूरीले गएका आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाई भेट गरेका थिए ।
भारतले नयाँ राजदूत को पठाउने भन्ने अहिलेसम्म यकिन भएको छैन । तर नेपालका लागि नयाँ भारतीय राजदूतमा विकास स्वरूप, अखिलेश मिश्रासहितको नाम चर्चामा छ ।











प्रतिक्रिया