५ कार्तिक २०८३, बिहिबार

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंक लि.ले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कोशी अस्पताल परिसरमा सोमबार कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले एक समारोहका वीच प्रभु बैंक लि. कोशी अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

कोशी अस्पतालमा सञ्चालित प्रभु बैंक लि.को एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पूर्ण सेवाग्राहीहरूलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउनेछन् ।