काठमाडौं । एनआरएनए नाइजेरियाको तर्फबाट अर्घखाँची, शीतगङ्गा नगरपालिका – ५ का ब्लड क्यानसर बाट पीडित भइ उपचार गर्दै गरेका न्यून आय भएका बिरामी नारायणप्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग संघका अध्यक्ष रोशन थापाले उनलाई अस्पतालमै गएर हस्तान्तरण गरेका छन् ।
ब्लड क्यान्सरले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन् । सहयोग हस्तान्तरण गर्न अध्यक्ष थापासङ्गै एनसीसी नाइजेरियाका सदस्य तुल्सीराम भन्डारीको पनि उपस्थिति रहेको थियो ।
एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले संघ मार्फत उपचार सहयोग गर्ने हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, संजय थापा, शंकर बर्मा, बीरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेकमान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, रोशन थापा र ईन्द्र टन्डनलाई धन्यवाद ब्यक्त गरेका छन् ।















प्रतिक्रिया