काठमाडौं, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वरिष्ठ नेता माधव नेपाल र भीमबहादुर रावलले सुटुक्क भेटेका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा नेपाल र रावलले दाहाललाई आइतबार साँझ भेटेका हुन् । भेटमा स्थायी समितिको बैठकमा पेश भएका एजेण्डा र भागबण्डाहरूका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
दाहालले एक वर्षपछि स्थायी समितिको बैठक बोलाएकोमा नेपाल र रावलले बधाइ दिए आइतबार साँझ खुमलटार पुगेको स्रोतले जनाएको छ ।
भेटमा वामदेव गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउन लागेको विषयमा पनि कुराकानी भएको एक नेताले बताए ।
दाहाललाई भेट्न नेपाल र रावल खुमलटार पुगेका बेला नारायणकाजी श्रेष्ठ र वर्षमान पुन पनि निवासभित्रै थिए ।











प्रतिक्रिया